नियम १०२
बोलपत्र पेश गर्नु पूर्वको बैठक
(१) स्थानीय निकायले बोलपत्रदाताहरुलाई बोलपत्र
सम्बन्धी कागजात, प्राविधिक स्पेसिफिकेशन, निर्माण स्थल वा अन्य यस्तै कुरा
सम्बन्धी जानकारी दिन बोलपत्र पेश गर्ने अन्तिम दिन भन्दा राष्ट्रियस्तरको बोलपत्र
आ≈वानको सूचनाको हकमा कम्तीमा दश दिन र अन्तर्राष्ट्रियस्तरको बोलपत्र
आ≈वानको सूचनाको हकमा कम्तीमा पन्ध्र दिन अगावै बोलपत्रदाताहरुको बैठकको
आयोजना गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको बैठकमा बोलपत्रदाताले स्थानीय निकाय समक्ष
खरिद कारबाही सम्बन्धी कुनै प्रश्न वा जिज्ञासा राख्न सक्नेछ र त्यस्तो निकायले
प्रश्नकर्ताहरुको श्रोत उल्लेख नगरी सबै बोलपत्रदातालाई त्यस्तो प्रश्न वा जिज्ञासाको
जवाफ र बैठकको माईन्युट यथाशिघ्र उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम भएको बैठकबाट बोलपत्र सम्बन्धी कागजातको कुनै
प्राविधिक वा व्यापारिक पक्षमा हेरफेर गर्नु पर्ने देखिएमा स्थानीय निकायले सो
कागजातमा सोही बमोजिम संशोधन गरी बोलपत्र सम्बन्धी कागजात खरिद गर्ने सबै
बोलपत्रदातालाई त्यस्तो संशोधन गरिएको व्यहोरा त्यस्तो बैठक भएको पा“च दिनभित्र
पठाउनु पर्नेछ र त्यसरी हेरफेर गरिएको व्यहोरालाई बोलपत्रको अड्ढ मानिनेछ ।